News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले चारदिने भारत भ्रमण गर्दैछन् ।
- उनी शनिबार भारत आउनेछन् ।
- भारत आउनुअघि रुबियोले भारतलाई अमेरिकाको \'एक महत्वपूर्ण सहयोगी र साझेदार\' भनेका छन् ।
८ जेठ, काठमाडौं । अमेरिकाका विदेशमन्त्री मार्को रुबियो भारत आउने भएका छन् । रुबियोको भारत भ्रमण शनिबारदेखि सुरू हुँदैछ ।
‘आकाशवाणी’ का अनुसार विदेशमन्त्री रुबियो चार दिने भारत भ्रमणमा आउन लागेका छन् । भ्रमणका दौरान उनी दिल्ली, जयपुर, कोलकाता र आगरा जाने कार्यक्रम तय भएको छ ।
भ्रमण अघि रुबियोले भारत अमेरिकाको ‘एक महत्वपूर्ण सहयोगी र साझेदार’ भएको बताएका छन् । भारतका साथ कयौं मुद्दाहरूमा काम गर्नुपर्ने उनको भनाइ छ ।
बीबीसीका अनुसार मिडियासँग कुरा गर्दै रुबियोले भनेका छन्, ‘हामी भारतले खरिद गर्न चाहेजति एनर्जी बेच्न चाहन्छौं । अमेरिका यतिबेला उत्पादन र निर्यातको ऐतिहासिक स्तरमा छ । हामी यसलाई अझै बढाउन चाहन्छौं ।’
होर्मुज स्ट्रेटमा आवतजावत बन्द रहेका कारण संसारभर ऊर्जा संकट जारी छ । भारतमा पनि त्यसको असर देखिएको छ । यद्यपि, भारत सरकारले देशमा पर्याप्त इन्धन मौजदात रहेको दाबी गर्दै आएको छ ।
प्रतिक्रिया 4