+
+

हामा आइरनले क्षमता विस्तार गर्‍यो, वार्षिक सवा लाख टन उत्पादन क्षमता

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २३ गते १८:४८

Hama-Steel

२३ भदौ, काठमाडौं । हामा आइरन एन्ड स्टील इण्डष्ट्रिजले उद्योगको आधुनिकीकरण तथा क्षमता विस्तार गरेको छ । क्षमता विस्तारसँगै उद्योगले वाषिर्क एक लाख २० हजार मेट्रिक टन सुपर डक्टाइल टिएमटी छड उत्पादन गर्ने भएको छ ।

यसै अवअसरमा उद्योगले मुलुकभरका डिलरहरुको स्थलगत उद्योग अवलोकन भ्रमण तथा डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ ।
उद्योगको आधुनिकीकरणले आगामी दिनहरुमा अझ बढी गुणस्तरीय उत्पादन गर्ने दाबी गरिएको छ ।

उद्योगले सुलभ दरमा अधिराज्यभर रहेका दुई सय डिलरमार्फत ग्राहकसम्म आफ्नो उत्पादन पुर्‍याउँदै आएको छ । यस उद्योगका उत्पादनहरु राष्ट्रिय गौरवका आयोजनाहरु, अवासीय तथा व्यवसायिक भवन निर्माणमा प्रयोग हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?