+
+

शान्ति प्रक्रियालाई पूर्णता दिन राष्ट्रिय सहमति जरुरी : देवप्रसाद गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते १८:२०

७ जेठ, काठमाडौं। सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

सोमबार बेपत्ता योद्धा समाज परिवार, नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव गुरुङले विश्वमा शान्ति नचाहने शक्तिहरुले नेपालमा पनि शान्ति प्रक्रियालाई भडकाउने प्रयास गरिरहेको दाबी समेत गरे ।

उनले भने, ‘अहिलेको विश्व परिस्थितिमा कतिपय शक्ति केन्द्रहरु शान्ति चाहँदैन । र भइराखेको शान्तिलाई पनि भंग गरेर अशान्तिको दिशातर्फ जान खोजिराखेको छ ।

विगतमा कालमा शान्ति प्रक्रियालाई हल गर्ने कुरा पनि भइराखेको शान्तिलाई कसरी भडकाएर द्वन्द्वको परिस्थितिमा लैजाने अहिलेका कतिपय शक्ति केन्द्रहरु त्यो दिशातर्फ केन्द्रित छ ।’

विस्तृत शान्ति सम्झौतामा सहभागी भएका राजनीतिक दलहरुबीच कम्तिमा पनि सहमति नभई शान्ति प्रक्रियाको काम निष्कर्षमा पुग्न नसक्ने उनको निष्कर्ष थियो ।

मुलुकको आन्तरिक मामिलामा चलखेल गरेर उनीहरुले शान्ति प्रक्रियाको बाँकी कामलाई अघि बढाउन नदिएको महासचिव गुरुङले दाबी गरे । उनले एउटा वा दुई वटा दलले मात्रै चाहेर मुलुकको शान्ति प्रक्रियाको कामले पूर्णता नपाउने बताए ।

‘मुलुकको परिस्थितिको सन्दर्भमा सबै दलहरुबीच सहमति हुन जरुरी छ । सहमति हुन सकिराखेको छैन । कतिपय मुद्दाहरुमा सहमति हुन सकिराखेको छैन, उनले भने, ‘राष्ट्रिय सहमतिको जरुरी छ । तर सहमति हुन सकिराखेको छैन । एउटा या दुईटा दलले चाहँदैमा मात्रै सहमति भइहाल्दैन । यो शान्ति प्रक्रियासँग जोडिएको हुनाले राष्ट्रिय सहमतिको जरुरी छ ।’

महासचिव गुरुङले दलहरुबीच राष्ट्र र राष्ट्रियताको सवालमा समान धारणा बनाएर अघि बढ्नुपर्ने खाँचो पनि औंल्याए ।

उनले भने, ‘ कम्तिमा पनि शान्ति प्रक्रियामा सहभागी भएका दलहरुको सहमतिको जरुरी छ । ती दलहरुको सहमतिबिना यो टुंगिन कठिन छ । यो कामालाई टुंगोमा पुर्‍याउन रुपमा मानव अधिकार संघ, संगठनको कुरा, पीडित परिवारको कुरा आदिआदि रुपमा देखिएका छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?