+
+
Shares

कलेजका विद्यार्थीले परीक्षण गरेका थिए संसद्‌मा खसेको ड्रोन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १८:३२

२६ असार, काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनभित्र खसेको ड्रोन कलेजका विद्यार्थीले परीक्षणका लागि उडाएको खुलेको छ ।

प्रहरी स्रोतका अनुसार, काठमाडौं महानगरपालिका–१० स्थित सुवर्णमार्गस्थित टेकस्पायर कलेजका विद्यार्थीले ड्रोन निर्माण गरेर परीक्षणका लागि उडाएका थिए ।

सो क्रममा नजिकै रहेको संसद् भवन परिसरमा ड्रोन खस्न पुगेको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

ब्याचलर अफ साइन्स इन आईटीका विद्यार्थीले ड्रोन निर्माण गरेर थ्रस्ट टेस्ट गर्ने क्रममा जीपीएस सिग्नल विच्छेद भएपछि नियन्त्रणबाहिर गएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

उक्त ड्रोन निर्माणका लागि खरिद भएका उपकरणहरूको बिल तथा निर्माणका बेलामा खिचिएका तस्वीर भिडिओ पनि प्राप्त भएको जनाइएको छ ।

प्रतिनिधिसभा बैठकमा गत मंगलबार सत्तारुढ नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले संघीय संसद् भवन परिसरमा ड्रोन खसेको विषय उठाएका थिए ।

ड्रोनबाट विभिन्न सूचना लिने काम भएको र अन्तर्राष्ट्रिय रुपमा आतंकवादी गतिविधि समेत भएको भन्दै त्यसलाई गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ थियो ।

त्यसपछि प्रहरीले यसबारे थप अनुसन्धान थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?