+
+
Shares

दाङमा निर्वाचनको ३ दिन अघिदेखि ड्रोन प्रयोगमा रोक

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १७:३८

१२ फागुन, काठमाडौं । आसन्न निर्वाचनलाई केन्द्रित गर्दै दाङमा ड्रोनको प्रयोगमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार, निर्वाचनको दिनभन्दा ३ दिन अघि (फागुन १८ गते) देखि ड्रोन प्रयोगमा रोक लगाइएको हो ।

कुनै व्यक्ति वा निकायहरुले अनुमति लिई संचालनमा रहेका ड्रोनहरू प्रयोगमा रोक लगाइएको हो ।

‘निर्वाचन भन्दा ३ दिन अगाडि ( मिति २०८२/११/१८ गते) देखि निर्वाचन सम्पन्न नहुँदासम्म ड्रोनको प्रयोगमा रोक लगाइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ जारी सूचनामा भनिएको छ ।

उक्त सूचना कसैले उल्लंघन गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही हुने प्रशासन कार्यालयले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?