+
+
Shares

के हो संसद्‌मा ड्रोन खसेको घटना ?

प्रहरी भन्छ- विशेष प्रकृतिको होइन, प्राविधिक समस्याले खसेको हो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १५:३९

२५ असार, काठमाडौं । प्रतिनिधिसभा बैठकमा मंगलबार सत्तारुढ नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले संघीय संसद् भवन परिसरमा ड्रोन खसेको विषय उठाए ।

ड्रोनबाट विभिन्न सूचना लिने काम भएको र अन्तर्राष्ट्रिय रुपमा आतंकवादी गतिविधि समेत भएको भन्दै त्यसलाई गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ थियो ।

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले यो विषय उठेपछि हामीले संसद् भवन आसपास सुरक्षाको जिम्मेवारी पर्ने प्रहरी वृत्त, बानेश्वरका अधिकारीहरुलाई यसबारे सोध्यौंं ।

प्रहरीका अनुसार, २३ असारमा बेलुकीको समयमा संसद् भवन परिसरमा एउटा ड्रोन खसेको भन्दै खबर आएको थियो । सूचनाअनुसार नै त्यहाँ ड्रोन खसेको थियो । त्यसलाई भवनको परिसर सुरक्षामा खटिएका प्रहरीले नियन्त्रणमा लिए र परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाए ।

‘खासमा त्यो ड्रोन कुनै विशेष प्रकृतिको थिएन, सामान्य ड्रोन दुर्घटना भएको हो’, बानेश्वर प्रहरीका एक अधिकृतले अनलाइनखबरसँग भने, ‘यद्यपि, संसद् भवन परिसरमा भएकाले परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाएका छौंं ।’

त्यसको प्रतिवेदन भने आइनसकेको उनले बताए । प्रहरीका अनुसार, बानेश्वर क्षेत्रमा विगतमा पनि प्राविधिक समस्याले ड्रोन खस्ने गरेका थिए ।

‘कतिपयले हरायो भन्दै खोजतलासका प्रहरीलाई समेत भन्ने गरेका छन्’ ती अधिकृतले भने, ‘तर, ती सबै सामान्य किमिसका ड्रोन हुन् ।’

प्रयोगशालाबाट प्रतिवेदन आएपछि त्यसबारे विस्तृतमा भन्न सकिने ती अधिकारीले बताए । अहिलेसम्म ड्रोन कसको हो भन्ने चाहिं खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?