News Summary
Generated by OK AI. Editorially reviewed.- भोलि समानुपातिकतर्फकालाई प्रमाणपत्र दिइँदैछ र निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन प्रतिवेदन बुझाउँदैछ।
- फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचित सांसदहरूको शपथ चैत १२ गते सिंहदरबारभित्र अस्थायी हलमा गरिनेछ।
- सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवन पूर्ण नभएपछि शपथका लागि कुर्सी, बत्ती र माइक जडान गर्ने काम भइरहेको छ।
४ चैत, काठमाडौं । भोलि (बिहीबार) समानुपातिकतर्फकालाई प्रमाणपत्र दिइँदैछ । भोलि नै निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन प्रतिवेदन पनि बुझाउँदैछ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुँदैछ ।
सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवन अझै पूर्ण निर्माण भइसकेको छैन । संसद् भवन पूर्ण निर्माण नभएपछि अस्थायी हल तयार पारेर शपथ ग्रहण गराइँदैछ ।
अहिले हलमा कुर्सी मिलाउने, बत्ती जडान, माइक जडानलगायत काम भइरहेको संसद् सचिवालयले जनाएको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा पुरानो संघीय संसद् भवन पूर्णरुपमा ध्वस्त भएको छ । उक्त भवन ध्वस्त भएपछि शपथका लागि सिंहदरबारभित्रै वैकल्पिक व्यवस्था मिलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4