बलिउडका सफल नायक अक्षय कुमार आजबाट ४७ बर्षमा प्रवेश गरेका छन् । बलिडमा खेलाडी कुमारको नामले परिचित अक्षयले थुप्रै हिट सिनेमा दिइसकेका छन् । रोमान्स, एक्सन, कमेडी सबै विधाका चलचित्रमा उनी फिट देखिन्छन् ।
सन् १९९१ मा चलचित्र ‘सौगंध’बाट अक्षयले बलिउडमा प्रवेश गरेका थिए । बलिउडमा करिब २३ बर्ष बिताउँदा अक्षय नाम चलेका सुपरस्टारको सूचिमा आउँछन् । अक्षको जन्म ९ सेप्टेम्बर १९६७ मा अमृतसर, पंजाबमा भएको हो । उनको वास्तविक नाम राजिव हरी ओम भाटिया हो । सिने नगरीमा आएपछि उनले आफ्नो नाम अक्षय राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4