Comments Add Comment

चिनियाँ प्रख्यात मोबाइल ‘जियोनी’ नेपाल भित्रियो

२८ भदौ, काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी जियोनी नेपाली बजारमा भित्रिएको छ । शुक्रबार साँझ राजधानीमा भव्य समारोहको आयोजना गरी जियोनी मोबाइल सार्वजनिक गरिएको छ ।

पहिलो चरणमा जियोनीले ५ वटा विभिन्न मोडलका स्मार्टफोन र २ वटा फिचर फोन नेपाली बजारमा भित्राएको छ । जियोनी ब्रान्डका मोबाइल टेलिटक प्रालिले नेपाली बजारमा आयात तथा बिक्री वितरण गर्ने जिम्मा पाएको छ ।

मोबाइल सार्वजनिक कार्यक्रममा जियोनीका उच्च अधिकारीहरुको सहभागीता रहेको थियो । विश्वका करिव ४० मुलुकमा वाषिर्क २ करोड ५० लाख मोबाइल सेट बिक्री वितरण गर्दै आएको जियोनीले नेपालमा एक वर्षमा उत्कृष्ट तीन र दुई वर्षमा पहिलो मोबाइल ब्रान्ड हुने दाबी गरेको छ ।
Gionee-Elife-S5-final
अहिले मोबाइलको मूल्य सार्वजनिक नगरिएपनि नेपालमा फिचर फोनको मूल्य ३ हजारदेखि सुरु हुने र स्मार्टफोनको मूल्य १५ देखि ३५ हजार रुपैयाँसम्म पर्ने टेलिटकले जानकारी दिएको छ ।

जियोनीले नेपालमा उत्कृष्ट गुणस्तरका मोबाइल सेट बिक्रीसँग बिक्रिपछिको सेवामा पनि विशेष ध्यान दिने बताएको छ । जियाेनी मोबाइलले सन् २००२ देखि संसारकै उत्कृष्ट गुणस्तरका हृयाण्ड सेटहरु ग्राहकसमक्ष पुर्याउँदै आएको छ । भारत, युरोप, ल्याटिन अमेरिका, अफ्रिका र मध्यपूर्वका ४० देशमा जियोनीले वाषिर्क २ करोड ५० लाख हृयाण्डसेट बिक्री गर्दै आएको जियोनीले बताएको छ ।

१५०० युवा अनुसन्धानकर्ता र अविष्कारकर्ताहरुको समूह जियोनीको मुख्य बिशेषता भनेकै आफ्नै डिजाइन, आफ्नै उत्पादन र आफ्नै अनुसन्धान तथा विकास हो ।

करिव ८ हजार जनशक्ति कार्यरत कम्पनीले बाषिर्क ४ करोड हृयाण्डसेट उत्पादन गर्छ जसले निकट भविष्यमा उत्पादन क्षमता दोब्बर बनाउँदै छ । यो कम्पनी १६० मिलियन डलरमा स्थापना भएको हो ।

टेलिटकले नेपाली बजारमा कलर्स र स्पाइस मोबाइल आधिकारिक रुपमा बिक्री वितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment