Comments Add Comment

फेसबुक बढि चलाउनेहरु आक्रमणको जोखिममा

facebookफेसबुक कत्तिको चलाउनुहुन्छ ? बढी नै चलाउनुहुन्छ भने सावधान हुनुहोस् । एक नयाँ अध्ययनले फेसबुक बढी नै चलाउने मानिसहरु साइबर आक्रमण तथा ठगीको उच्च जोखिममा हुने तथ्य पत्ता लगाएको छ ।

अध्ययन अनुसार फेसबुकमा निकै सक्रिय हुने मानिसहरु साइबर अपराधीबाट ‘सोसल मिडिया छली’ अर्थात् सोसल मिडियो फिसिङ आक्रमणको बढि जोखिममा हुन्छन् । यो यस्तो आक्रमण हो जहाँ साइबर अपराधीले नक्कली वेबसाइट सिर्जना गरी अनलाइन प्रयोगकर्ताको वित्तिय सूचना प्राप्त गर्ने र त्यसपछि ठगी गर्ने काम गर्छन् ।

फेसबुकमा लत लागेका मानिसहरुले यस्ता अपराधीले फेसबुकमा पठाउने रिक्वेस्ट सोँच्दै नसोँची स्विकार गरिहाल्ने र तत् पश्चात अपराधीले त्यस्ता प्रयोगकर्ताका विभिन्न खाले सूचना लगातार चोरी गर्ने शोधकर्ताहरुको भनाइ छ ।

जर्नल अफ कम्प्युटर मेडिएटेड कम्युनिकेसनमा प्रकाशित शोधमा मुख्य शोधकर्ता डाक्टर अरुण विश्वनाथले अनलाइन छलीको माध्यमबाट साइबर अपराधीले विभिन्न खाले अपराध गर्नसक्ने बताएका छन् । त्यसमा घरमा चोरी गर्ने, बैंक ब्यालेन्स रित्याइदिने, साइबर हिंसा गर्ने, तथा अवैधानिक तबरले व्यक्ति तथा संस्थाको गोपनीयता भं्रग गर्ने लगायतका अपराध पर्दछन् ।

यस्ता साइबर अपराधीले फेसबुक प्रयोगकर्तालाई विभिन्न ढंगले रिक्वेस्ट पठाउने र स्विकार गर्न बाध्य पार्ने र मन जित्दै गोप्य तथ्यहरु प्राप्त गर्दै जाने शोधकर्ताहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment