Comments Add Comment

मन्त्री क्वार्टरमा सौताको मारामार !

१ असोज, काठमाडौं । मन्त्री क्वाटरभित्रै सौतासौताबीच घम्साघम्सी । छोरो यहीबेला विरक्तिएर हिँड्ने । उता, हनुमानढोकामा यिनैको कुरालाई लिएर अर्को गर्मागर्मी । सिनेमा लेख्नेहरुले पटकथा बनाएजस्तो यी घटना फरक छन्, तर वास्तविक हुन् । विचरा, उनी यस्तै पीडाका बीच देशको हालखबर बुझ्न मन्त्रालयमै अनलाइनखबर रिफ्रेस गदैं थिए, आफैं पदबाट हटेको समाचार देख्नुपर्‍यो ।

उनी हुन, निर्वतमान उद्योगमन्त्री कर्णबहादुर थापा । एक तीर, दुई निशाना भनेजस्तो थापा र पर्यटनमन्त्री भीम आचार्यलाई निकालेर अरु मन्त्री पनि तर्साउने यो काइदाको चर्चा एक ठाउँमा छ । पार्टी अध्यक्ष केपी ओलीका विश्वासिला कर्ण बिनाकारण हटाइनुपूर्व उनले खेपेको हैरानीका कथा अनेकन छन् । पहिलो झन्झट हो, घर झगडाको । छोरो सहवीर भीम रावल गृहमन्त्री भएका बेला राष्ट्रिय अनुसन्धानको असईमा भर्ना भएका थिए । अहिले आफ्नै बुबा मन्त्री भएको बेला इन्स्पेक्टर बन्ने चाहना जाग्नु स्वभाविक थियो ।

त्यसमाथि ओलीनिकट बामदेव गृहमन्त्री भएको समय झन अनुकुल हुने नै भयो । तर, सहवीरले सोचेजस्तो मौका पाएनन् । यसपछि जागिर घर र देशै छोडेर हिँडे । मकाउमा छु भनेर फोन गरेकाथिए । ‘कान्छीसँग काठमाडौं बसेर देशको मन्त्री हुने तर, जेठीतिरबाट भएका एउटा छोरालाई पनि लखेट्ने ?’, यसो भन्दै मार्तडी, बाजुराबाट कर्णकी जेठीपत्नी बम्किदैँ काठमाडौं आइन । ‘मेरो छोरो किन निकालिस ?’ भन्दै कान्छी कमला ओलीसँग घम्साघम्सी नै चल्यो ।

व्यक्तिगत पनि हैन्, अरु सबै मन्त्री बस्ने पुल्चोकस्थित सरकारी आवासमा भएको घटना हो यो । पत्नीहरु Emगडामा ओर्लिएपछि कर्णले यसलाई मिलाउनै पर्‍यो । छोरोसँग आमाको कुरा गराए । त्यति धेरै बिरत्तिएको होइन भन्ने प्रमाणित गराए । इन्स्पेक्टर बनाइदिने कुार वामदेवलाई भनेको, तर वामदेवले ‘पछि गरौला’ भनेर पन्छाएको सुनाए । यसपछि सहमति भयो, दुवैजना मन्त्री क्वार्टरमै बस्ने । अलग-अलग भान्सा गर्ने । आफूले चाँहि दिन बिराएर एक दिन जेठीकहाँ, एकदिन कान्छीकहाँ खाने-बस्ने । तर, पत्नीहरुलाई मिलाएर के गर्नु, हप्ता दिनपछि मन्त्री पद नै चट् भएको जनआस्था साप्ताहिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment