Comments Add Comment

टेलिकमले नागरिकलाई दियो सास्ती, हेलो हेलोमै सकिन्छ पैसा

yelling-at-phone२ असोज, काठमाडौ । बाग्लुङका दीपन्द्र पौडेल मंगलबार काठमाडौ आएर आफ्ना साथी प्रकाश शर्मालाई फोन गर्न खोजे । पटक पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । बल्लतल्ल फोन लाग्यो तैपनि प्रष्ट कुराकानी हुन पाएन ।

प्रकाशले पानीपाखरी डाकेका थिए, दीपेन्द्र पुगे सुन्धारा । यता दीपेन्द्र सुन्धारामा धुइँधुइँती प्रकाशलाई खोजी बसे । उता प्रकाश घन्टौंसम्म पानी पोखरीमा कुर्दा पनि दीपेन्द्र आइपुगेनन् । फेरि सम्पर्क गरिसकेपछि मात्र उनीहरुको भेट्ने साइत जुर्यो ।

नेपाल टेलिकमको मोबाइल सेवामा केही दिनयता आएको खराबीले न सजिलै सम्पर्क हुन्छ न प्रष्ट सुनिन्छ । गत आर्थिक वर्ष ११अर्ब २९ करोड ९१ लाख रुपैंयाँ नाफा गरेको टेलिकमले आक्रामक रुपमा बजार विस्तार गरेपनि सेवाग्रहीलाई सन्तुष्ट पार्न सकेको छैन । एकचोटीको प्रयासमा राम्ररी कुरा हुन नसक्दा घरिघरि फोन गर्नुपर्ने बाध्यता छ । यसले सर्वसाधारणको पैसा अनाहक खेर गइरहेको नागरिक दैनिकमा खबर छ ।

नेपाल टेलिकमको पल्स सिस्टम अनुसार न्युनतम २० सेकेण्डको एक पल्स गणना हुन्छ । अर्थात, एक मिनेटमा तीन पल्स जान्छ । यसअनुसार दुई सेकेण्ड हेलो भन्दा पनि २० सेकेन्डकै पैसा तिर्नुपर्छ । टेलिकमको पोष्टपेड सेवामा प्रतिमिनेट एक रुपैयाँ र प्रिपेडमा १ रुपैंयाँ ५० पैसा शुल्क लाग्छ । दुई वर्षअघि टेृलिकममा १५ सेकेण्डको एक पल्स गणना हुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment