नाच्न नजान्ने आँगन टेढो भन्ने उखानै छ । हुँदा हुँदा लोग्नेस्वास्नीले आफुहरुबीच सहवासको दर घट्नुमा कुकुर दोषी रहेको आरोप लगाउन थालेका छन् ।
बेलायतमा गरिएको पछिल्लो अध्ययनले मानिसहरुमा सम्भोगको दरमा कमी आउनुमा कुकुरले दोषको भारी बोक्नुपरेको देखाएको छ ।
vouchercodespro.co.uk ले बेलायतमा गरेको सर्भे अनुसार श्रीमान श्रीमती तथा कम्तीमा पनि दुइ वर्षदेखि यौन सम्बन्धमा रहेका जोडीहरुबीचको सम्भोगको दर घट्दै गएको छ । सन् २०१३ मा भन्दा २०१४ मा बेलायती दम्पतीहरुमा सम्भोगको संख्या घटेको छ ।
२ हजार ७ सय ३३ जनामा गरिएको सर्भेक्षणमा सहभागी मध्ये ४१ प्रतिशतले यो वर्ष आफुले अघिल्लो वर्षभन्दा कम सम्भोग गरेको बताएका छन् ।
आखिर किन ? यसको मुख्य कारक मध्येमा आर्थिक समस्या तथा कामको चिन्तालाई मान्नुमा कुनै आश्चर्य जनाउनुपर्दैन । तर सम्भोग कम गर्ने मानिसहरुले पैसा मात्र नभई घरमा पालेको कुकुर समेत आफुहरुको सेक्सको बाधक रहेको बताएपछि त्यसले भने धेरैलाई अचम्ममा पारेको छ ।
सर्भेक्षणमा सहभागी मध्ये ३१ प्रतिशत दम्पतीले आफुहरुले एउटै ओछ्यानमा सुताउने घरपालुवा कुकुरले आफुहरुको सेक्समा डिस्टर्व गरेको बताएका छन् ।
सर्भेमा सहभागी मध्ये ३६ प्रतिशतले भने अघिल्लो वर्षभन्दा आफुले बढि सम्भोग गरेको बताएका थिए ।
प्रतिक्रिया 4