Comments Add Comment

सुनको भाउ ५१ हजारमा झर्‍यो, चाँदी पनि ओर्लियो

gold६ असोज, काठमाडौं । सोमबार पनि सुनको भाउ ओरालो लागेको छ । तोलामा एक सय रुपैयाँ घट्दै सोमबार सुन ५१ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

आइतबार पनि सुनको भाउ तोलामा ३ सय ५० रुपैयाँ घटेर किनबेच भएको थियो । पछिल्ला दिनमा सुनको भाउ आरोलो लाग्ने क्रम जारी रहेको छ ।

चाँदीको भाउ पनि सोमबार ओरालो लागेको छ । तोलामा १० रुपैयाँ घट्दै चाँदी सोमबार ७ सय ४५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा १५ रुपैयाँ सस्तिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment