+
+
Shares

तनिषा र अर्मानको ब्रेकअप

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ७ गते ११:३९

arman tanisha
‘बीग बोस ८’ सुरु भएको छ । तर, संचारमाध्यममा ‘बीग बोस ७’का चर्चित प्रतिस्पर्धीहरुको प्रेम र चर्चाले अझै पनि स्थान पाएको छ । यही क्रममा सिजन ७ का चर्चित जोडी अर्मान कोहली र तनिषा मुखर्जीको बिचमा सम्बन्ध टुक्रिएको बताइएको छ ।

सिजन ७ मा निक्कै नजिक भएका अर्मान र तनिषा बिहे गर्ने कुरा समेत गर्थे । तर, बिग बोसको घरबाहिर आएपछि उनीहरुको सम्बन्धमा विभिन्न किसिमका उतार चढाव आएको थियो । दुबैले एक अर्काको सहमतीमा प्रेमलाई टुक्राएको बताइन्छ ।

तनिषा आफ्नो आमाको साथमा एक फिल्म कम्पनी खोल्ने तयारीमा लागेकी छिन् । यता, अर्मान पनि बलिउडमा कम ब्याक गर्ने सोचाइमा लागेका छन् । दुबैले, आफ्नो करिअरमा ध्यान दिदै सम्बन्ध तोडेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?