Comments Add Comment

बल्कोट र सैनामैनामा ग्लोबल आइएमईको शाखारहित बैकिङ सेवा

Glowal-IME-Bank
७ असोज काठमाडौं । ग्लोबल आइएमई बैंकले अर्घाखाँचीको बल्कोट र रुपन्देहीको सैनामैनामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।
यो सहित बैंकले २९ स्थानबाट शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बल्कोट सेवाको स्रोत केन्द्र दिनानाथ पराजुली र सैनामैना सेवाको स्रोत केन्द्र समाजसेवी पारिश्वर ढकालले पानसमा बत्ति बालेर उद्घाटन गरे ।
सो अवसरमा बैंकका मुख्य प्रबन्धक सुरेन्द्र रेग्मीले व्यवसायीक प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गरेर सेवाको शुभारम्भ गरे ।
बल्कोटका लागि बिष्णुप्रसाद भुसाल र सैनामैनाका लागि कमल क्षेत्रीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment