७ असोज, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री मलेसियामा हुने भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले इबोला प्रभावित युगाण्डाबाट खोसेर मलेसियालाई डिभिजन थ्री क्रिकेट आयोजनाको जिम्मा दिएको हो ।
आईसीसीले प्रतियोगिता तीन दिन अघि सारेको छ । अब २३ देखि ३० अक्टोबरसम्म प्रतियोगिता हुनेछ । यसअघि २६ अक्टोबरदेखि २ नोभेम्बरमा हुने तय भएको थियो ।
खेलाडी र अफिसियलहरुको सुरक्षालाई हेरेर आयोजना स्थल परिर्वतन गरिएको आईसीसीले जनाएको छ ।
प्रतियोगितामा नेपालसँगै बमुर्डा, मलेसिया, सिंगापुर, युगाण्डा र अमेरिकाले भाग लिनेछन् ।
प्रतिक्रिया 4