+

पुरन राई बक्सिङको प्रिक्वार्टरफाइनलमा

२०७१ असोज  ८ गते १५:४५ २०७१ असोज ८ गते १५:४५
पुरन राई बक्सिङको प्रिक्वार्टरफाइनलमा

८ असोज, इन्चोन । पुरन राई १७ औं दक्षिण एसियाली खेलकुदको बक्सिङमा प्रिक्वार्टरफाइनलमा फाइनलमा प्रवेश गरेका छन् ।

बुधबार सियोनहाक जिम्नेजियममा भएको खेलमा पुरनले वेन्टम वेट ५६ केजी तौलमा साउदी अरवियाका याहा हसनलाई अंकको आधारमा ३-० ले पराजित गर्दै प्रिक्वार्टरमा प्रवेश गरेका छन् । उनले तिनै राउण्डमा हसनलाई १०/९, १०/९, १०/८ अंकले पछि पार्दै समग्रमा ३०/२६ अंक हात पार्दै विजय पाए ।

विजय पश्चात राईले प्रतिद्वन्दी आफुभन्दा केही कमजोर भएकोले हावी हुन सकेको वताए । प्रशिक्षक ओम मास्केले राईले अझै आफ्नो योग्यताको पूर्ण सदुपयोग गर्न नसकेको वताए ।

राईको भिडन्त शुक्रबार पि्रक्वाटरमा फिलिपिन्सका खेलाडी मारियो फर्नान्डेजसँग भिडन्त हुनेछ ।

टेनिसमा निराशा कायमै

बुधबारनै सम्पन्न टेनिस प्रतियोगितामा निराशाजनक हार भएको छ । महिला खेलाडी एनी माथेमा ओमानकी खेलाडी फातिमा ताजीव सुलेमानसँग २-०को हार व्यहोरिन् ।

अर्की खेलाडी विभुती कार्की यमनकी खेलाडी सेर्मा अली अव्दुल्लाहसँग २-०लेनै पराजित भइन् । यस्तै पुरुष एकलमा संरक्षण भुषण कतारका खेलाडी जावर मोहम्मदसँग २-० को र सन्तोष खत्री अब्दुलाह अहमद अससातीसँग २-० ले नै पराजित हुँदै पहिलो चरणबाटनै वाहिरिएका छन् ।

महिला जोडीको खेलमा पनि नेपाली खेलाडीहरुको दयनिय अवस्था रह्यो । नेपाली खेलाडी जुम्ल्याहा दिदी वहिनी मायाङका र माहिका राणा मंगोलियाका खेलाडीहरु ईर्देसेरुन र जार्गल अल्तानसारानाई संग २-०लेनै पराजित भए ।

रत्नको सघर्षपूर्ण पराजय

नेपाली ब्याडमिन्टनका नम्बर एक खेलाडी रत्नजित तामाङ सघर्षपूर्ण खेलमा पराजित भएका छन् । उनी पाकिस्तानका खेलाडी मुहम्मद इरफान साईद भट्टीसँग २-१ ले पराजित भएका छन् ।

पहिलो सेटमा २१-१६ ले पछि पारेका रत्नले दोश्रो सेटमा २०/२०को अवस्थामा विगारे पछि २०/२२ को हार व्यहोरे । त्यस्तै तेश्रो सेटमा पनि तामाङले १९ अलको अवस्थामा सट विगारे पछि १९-२१ को नतिजामा प्रतियोगितालाई पाकिस्तानको पोल्टामा सुम्पन पुगे ।

डबल्स तर्फको महिला तथा पुरुषको दुवै खेलमा नेपाल २-० ले पराजित भयो । महिला तर्फको खेलमा तामाङ दिदी वहिनी इन्डोनेसियाका खेलाडीहरु सुसी रुज्की अन्दनी र तिएरा रोसालिया नुराधतसँग ४-२१, १३- २१ ले र शिक्षा श्रेष्ठ र पुनम गुरुङको जोडी भारतीय खेलाडी प्रद्ना गार्दे र सिक्की रेड्डी नेलाकुर्थीको जोडीसँग ६-२१, ४-२१ ले पराजित हुन पुगे ।

पुरुष जोडी तर्फको खेलमा रत्न र बिष्णु कटुवाल हङकङका खेलाडीहरु अलान युन लङ्ग चान र च्युक हिम लसँग १४-२१, १३-२१ ले र विकास र साजनको जोडी हङकङकै खेलाडीहरु चुन हाई रेगिनाल्ड लि र चुन मान ताङ्गसँग ११-२१, ६-२१ ले पराजित हुन पुगे ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय