Comments Add Comment

नीर र दिलेन्द्रको जोडीलाई उपाधि

९ असोज, काठमाडौं । कम्प्लिट हेल्थ क्लबका नीरविक्रम देवकोटा र दिलेन्द्र पुनको जोडीले मारुती सिमेन्ट छैटौं बबिनविक्रम विष्ट स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्स उपाधि जितेका छन् ।

बिहीबार भीमसेनगोलमा भएको उपाधि भिडन्तमा उक्त जोडीले आयोजक किङ कम स्पोर्ट्स क्लबका विजित थापा मगर र प्रकाश श्रेष्ठको जोडीलाई २-१ को सेटमा पराजित गर्दै नयाँ च्याम्पियन बने ।

पहिलो सेटमा २०-२२ ले पछि परेको स्थितिलाई उल्ट्याउदै नीर र दिलेन्द्रको जोडीले उपाधि जितेका हुन् । विजेता जोडीले दोश्रो सेट २५-२३ ले आफ्नो पक्षमा पार्दै खेललाई १-१ को बराबरीमा पुर्‍याए । तेश्रो तथा निर्णायक सेट २१-१२ ले जित्दै नीर र दिलेन्द्रको जोडीले उपाधि सुनिश्चित गरे ।

उपाधिसंगै विजेताले २० हजार र उपविजेताले १५ हजार नगद पुरस्कारसहित गेस गिजर पुरस्कार स्वरुप प्राप्त गरे ।

दाथुल्ला क्लबका राजु वज्राचार्य र आकाश छन्त्यालको जोडी तेश्रो स्थानमा सीमित हुँदै १० हजार नगद पुरस्कारमा चित्त बुझाए ।

भदौ २३ देखि सुरु प्रतियोगितामा ४० जोडीले पुरुष डबल्समा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक निरज कार्कीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment