Comments Add Comment

भाषा बोल्न नजान्ने झरना मैथिली फिल्म खेल्दै

jharana-thapa

काठमाडौं । अभिनेत्री झरना थापा मैथिली भाषा जान्दिनन् । भाषा नजानेर के भो त ? उनले मैथिली भाषामा बनेको फिल्ममा अभिनय गर्दैछिन् त्यो पनि मुख्य भुमिकामा ।

‘मलाइ मैथिली भाषा आउदैन तर, पनि अभिनय गर्न सक्छु ।’ अनलाइनखबरसंग कुरा गर्दै उनले भनिन् ।

पहिलो पटक मैथिली फिल्ममा काम गर्न लागेकी झरना एकसाथ दुई फिल्ममा काम गर्दैछिन् । ‘अपने देश नेपाल’ र माँ का दर्द’ मा मुख्य भुमिकामा देखिन लागेकी झरनाले दुबै फिल्म प्रतिष्ठित फिल्म अवार्ड ‘ओस्कार अवार्ड’ मा जान योग्य हुने दावी गरिन् ।

‘मैले स्त्रिmप्ट पढेँ, सिंंगो मिथिला सँस्कृति झल्किएको छ ।’ उनले भनिन-‘मलाइ लाग्छ यी फिल्मले ओस्कार अवार्ड पाउन सक्छन ।’

यसअघि पनि उनलाई केही मैथिली फिल्मवाट प्रस्ताब आएको थियो । तर, विषय चित्त नबुझेर काम गरेकी थिइनन् । ‘मैले खोजेजस्तो विषय पाएँ र काम गरें ।’ भरनाले भनिन् ।

मञ्जिता सिने क्रिएशन बिराटनगरको ब्यानरमा बन्न लागेको फिल्मको निर्देशन राजु चौधरीले गर्दैछन् । दुबै फिल्ममा झरनाको नायकको भुमिकामा विजय कामतले साथ दिने भएका छन् ।

मोरङ, सुनसरी, सप्तरी, सिरहा लगायतका स्थानमा छायाङ्कन गरिने फिल्ममा केही स्थानिय कलाकारले पनि अभिनय गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment