Comments Add Comment

स्टान्डर्ड चार्टर्ड बैंकले ५१.५ प्रतिशत लाभांश दिने

१२ असोज काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट ५१.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
बैंकको सञ्चालक समितिले १० प्रतिशत बोनस सेयर र ४१.५ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।

अघिल्लो वर्ष पनि बैंकले १० प्रतिशत बोनस सेयर र ४१.५० प्रतिशत नगद लाभांश दिएको थियो ।

सञ्चालक समितिको उक्त निर्णय नेपाल राष्ट्र बैंक र बैंककै आगामी साधारणसभाले पारित गरेपछि मात्रै लागू हुन्छ ।

आर्थिक वर्ष २०७०/०७१ मा बैंकले  १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment