Comments Add Comment

खाद्य संस्थानमा खसीबोकाको मूल्य किलोको ४०६ देखि ४२५ सम्म

१२ असोज, काठमाडौं । नेपाल खाद्य संस्थानलेे काठमाडौंमा खसीबोका ल्याउन सुरु गरेको छ । देशका विभिन्न जिल्लाबाट आइतबार साँझसम्म २०० खसीबोका काठमाडौँ ल्याइसकिएको र अरु आउने क्रममा रहेको संस्थानका प्रवक्ता नवराज उपाध्यायले जानकारी दिए ।

संस्थानले काठमाडौं उपत्यका बाहिरका जिल्लाबाट खरिद गरी काठमाडौँमा ल्याएर जिउँदो २० किलोसम्म प्रतिकिलो ४०६, ३० किलोसम्म ४१८ र सो भन्दा माथि ४२५ मूल्य निर्धारण गरेको छ । थापाथलीस्थित संस्थानको गोदामबाट सोमबारदेखि बिक्री सुरु हुनेछ ।

संस्थानले विगतमा तराई तथा मध्य पहाडी जिल्लाबाट दसैँको समयमा खसीबोका खरिद गरी घटस्थापनाको ३/४ दिनअघिदेखि नै काठमाडौँ ल्याउने र मूल्य निर्धारण गरी घटस्थापनादेखि बिक्री गर्ने गरेकामा विभिन्न जिल्लामा खसीबोका खरिद गर्न नसकेका कारण यस वर्ष बिक्री ढिलो हुन गएको हो ।

दसैंमा मासुको माग अत्यधिक बढ्ने भएकाले निजी क्षेत्रबाट मात्र खसीबोकाको कारोबार भए बजार एकाधिकार भई त्यसको मूल्य अनियन्त्रित तरिकाले बढ्ने हुँदा यस अवधिमा संस्थानले ग्रामीण भेगका कृषकसँग खसीबोका खरिद गरी वैज्ञानिक मूल्य निर्धारण गरेर बजार मूल्यलाई सन्तुलनमा राख्न खसीबोका बिक्री गर्दछ ।

संस्थानले यस वर्ष करिब तीन हजार ४०० खसीबोका ल्याउने भने पनि दसैँको समय नजिकिदै गएकाले सो परिमाणमा आउने सम्भावना कम छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment