+
+
Shares

‘कालो पोथी’ले रोक्यो वेनिशाको दशै-तिहार

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १३ गते १०:५८

benisha-hamal-with-lense
‘कालो पोथी’ नाममा अब सिनेमा बन्ने भएको छ । यो सिनेमाको छायांकन ४५ दिनसम्म मुगुमा हुनेछ । नायिका वेनिशा हमालले सिनेमाको बारेमा केही पनि बताउन नमिल्ने बताइन् । उनले आफ्नो दशै र तिहार यसपटक चितवनमा नहुने जानकारी मात्र दिइन् ।

तर, श्रोतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार चलचित्र ‘कालो पोथी’का कारण वेनिशाले दशै मनाउन नपाएकी हुन् । उनी ४५ दिन मुगुमा रहनेछिन् । यतिबेला सिनेमाको वर्कशप मुगुमा चलिरहेको छ ।

सिनेमालाई मिन बहादुर भामले निर्देशन गर्दैछन् । सिनेमाको छायांकनका लागि नेपाल बाहिरबाट छायांकार झिकाइएको छ । कलाकारले मुगुको रहनसहन र भाषा सिक्नेछन् । यसकारण पनि सिनेमाको छायांकन १५ दिनपछि मात्र सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?