+
+

प्रक्रियामा जान खोजे राजीनामा दिन्छु : बाबुराम

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १३ गते १५:५८

१३ असोज, काठमाडौं । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संविधानका अन्तरवस्तुमा सहमति नगरी प्रक्रियामा जान खोजे प्रतिवेदनमा हस्ताक्षर नगर्ने चेतावनी दिएका छन् । बरु समितिको सभापतिबाट राजीनामा दिने उनले बताए ।

संविधानका विवादित विषयमा सहमतिका लागि सम्वाद समितिलाई मंगलबारसम्मको समयसीमा दिइएको छ । १४ गतेसम्म सहमति नभए २१ गतेभित्र मतदानका लागि प्रश्नवालीसहितको प्रतिवेदन संविधानसभालार्इ बुझाउनु पर्नेछ ।

फाइल फोटो : सम्वाद समितिको बैठक ।
फाइल फोटो : सम्वाद समितिको बैठक ।

तर, सम्वाद समितिका सभापति डा. भट्टराईले राज्यको पुनःसंरचना र शासकीय स्वरुपमा सहमति नगरी सम्वाद समितिले बनाएको प्रतिवेदनमा हस्ताक्षर नगर्ने प्रष्ट पारेका छन् । अनलाइनखबरसँग कुरा गर्दै भट्टराईले भने-‘यो कुरा मैले संविधानसभा अध्यक्ष र प्रमुख तीन दलका नेताहरुलाई भनिसकेको छु ।’

एमाओवादी उपाध्यक्ष समेत रहेका सभापति भट्टराईले प्रमुख तीन दलका शीर्ष नेताहरुले चाहने हो भने विवादित विषयमा सहमति जुट्ने बताएका छन् । उनले भने-‘तीन दल बसेर गर्ने हो भने सहमतिका लागि अफ्यारो छैन । तर, शीर्ष नेताहरु गम्भीर नै छैनन् ।’

यसअघि आइतबार सम्वाद समितिको बैठकमा भट्टराईले प्रमुख दलका नेताहरुमा स्वतन्त्र रुपमा निर्णय गर्ने क्षमता नभएको टिप्पणी गरेका थिए ।

यस्तो स्थितिमा माघ ८ मा संविधान जारी नहुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?