Comments Add Comment

तीन हप्ता गभर्नरलाई हाइसञ्चो, सपरिवार अमेरिकामा दसैं

१३ असोज काठमाडौं । कर्मचारीको धर्नाका कारण विगत २४ दिनदेखि तनावमा रहेका राष्ट्र बैंकका गभर्नरलाई दशैंका तीन हप्ता ‘हाइसञ्चो’ हुने भएको छ ।

धर्नाका कारण समयमा कार्यालय प्रवेश गर्न नपाएका खतिवडा सोमबार राति आगामी अक्टोबर १८ सम्मका लागि अमेरिका उड्दैछन् । उनले परिवारका सबै सदस्यसँगै लैजानेछन् ।
खतिवडाले विश्व बैंक र अन्तरािष्ट्रय मुद्रा कोषको वाषिर्क सभामा भाग लिन अमेरिका जाने अनलाइनखबरलाई बताए । ‘मेरो दशैं अमेरिकामै वित्छ, अक्टोबर १८ मा मात्रै स्वदेश फर्किन्छु’ खतिवडाले भने-‘व्यक्तिगत कामका लागि नभई अफिसियल कामका लागि गएको हुँ ।’

राजीनितक आस्थाका आधारमा कर्मचारीहरु माथि व्यापक विभेद गरिएको भन्दै नेपाल राष्ट्र बैंक कर्मचारी संघले गभर्नरलाई दैनिक दुई घन्टा कार्यायल प्रवेशमा रोक लगाउँदै आएका थिए ।

संघसँग आवद्ध ५०/६० जनाको कर्मचारीको समूह प्रत्येक दिन १० बजेदेखि १२ बजेसम्म गभर्नर कार्यालयको ढोकामा धर्ना बसेपछि उनी विहान साढे नौ बजे या दिउँसो १२ बजेपछि मात्रै कार्यालय प्रवेस गर्न बाध्य भएका थिए ।

गभर्नर विदेश गएपछि गभर्नरको कार्यालमा हुने धर्ना मुख्य गेटमा गर्ने संघका उपाध्यक्ष राधाकृष्ण पुडासैनीले अनलाइनखबरलाई जानकारी दिए । ‘राष्ट्र बैंकभित्रको संस्थागत सुशासन बलियो हुनुपर्छ भनेर माग राख्यौं तर व्यवस्थापनले सुनुवाई गरेन र धर्ना बस्नु परेको हो’ पुडासैनीले भने-‘गभर्नरले राजनीतिक आस्थाका आधारमा कर्मचारीहरुलाई पूर्णरुपमा विभेद गर्नुभएको छ । त्यसको तत्काल अन्त्य होस ।’

बैंकरहरुलाई पनि राजनीतिक आस्थाका आधारमा एउटै घटनामा फरक-फरक कारवाही गरेको प्रमाण आफूहरुसँग रहेको उनले दावी गरे ।

दसैंपछि देशभर आन्दोलन चर्काउने उनले चेतावनी दिए । ‘दशैपछि देशभरका कार्यालयमा काटोपट्टी बाँधेर काम गर्ने, आन्दोलन गर्ने, धर्ना गर्नेछौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment