+
+

बलिउड अभिनेता आमिर खान काठमाडौंमा

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २१ गते १७:०१

२१ असोज, काठमाडौं । बलिउडका चर्चित अभिनेता अमिर खान मंगलबार काठमाडौं आएका छन् ।

Aamir_khanआमिर दुई दिने नेपाल भ्रमणका क्रमममा मंगलबार अपरान्ह जेट एयरवेजको विमानबाट ६ सुरक्षाकर्मीसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

यूनिसेफका सद्भावना दूत समेत रहेका उनी भोलि लुम्बिनी भ्रमणमा जाने छन् ।

यूनिसेफले सञ्चालन गरेको पोषणसम्वन्धी कार्यक्रममा सहभागी हुन उनी कपिलबस्तु जाने छन् ।

उनले कपिलबस्तुको पाकडी ६ सेमरउटीमा आमा समूह र महिला स्वयंमसेविकाको कुपोषित बालबालिकाको उपचार गर्ने तरिका अबलोकन गर्नेछन् ।

यसअघि सेलेना गोमेज यूनिसेफको निन्तोमा नेपाल भ्रमणमा आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?