Comments Add Comment

लिम्बुवान् क्रान्तिकारीको बन्दले मेची राजमार्ग अवरुद्ध

२२ असोज, इलाम । पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै लिम्बुवान् क्रान्तिकारी पार्टीले आज मेची राजमार्गमा बन्द आह्वान गरेको छ ।
पाँचथरको फिदिमबाट प्रहरीले केही महिनाअघि पक्राउ गरेका पार्टीका कार्यकर्ता मनिष हेल्लोकलाई बिनासर्त रिहाइको माग गर्दै आजबाट अनिश्चितकालका लागि मेची राजमार्ग अवरुद्धको घोषणा गरेको हो ।

बन्दका कारण बिहानैबाट झापा हुँदै ताप्लेजुङसम्म जाने र ताप्लेजुङबाट पाँचथर, इलाम, हुँदै झापा आउने सवारीसाधन ठप्प भएका छन् । यता प्रहरीले भने मोवाइल भेनको प्रयोग गरी स्कटिङ गरेर सवारी सञ्चालन गराइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार जिल्ला प्रशासन कार्यालयसँग सवारीसहयोग मागी सडक सुरक्षालाई मतबुद बनाइएको छ ।

दसैं सकिएलगत्तै अचानक भएको बन्दका कारण यात्रु समस्यामा परेका छन् ।

पार्टीका केन्द्रीय अध्यक्ष मिसेकहाङका अनुसार आफ्ना कार्यकर्ता हेल्लोकलाई पाँचथरको कावेली करिडोरका ठेकेदारलाई बन्धक बनाइको आरोपमा पाँचथर प्रहरीले पक्राउ गरेको हो ।

हेल्लोक कावेली करिडोरसँग आइएलओ १६९ का सम्बन्धमा परामर्श गर्ने क्रममा प्रहरीले झुटो आरोप लगाई पक्राउ गरेको अध्यक्ष मिसेकहाङको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment