Comments Add Comment

कोरियाका नेपालीले मनाए दसैं

Koria-ma-Dashain

मीन प्रकाश उप्रेती

सउल । दक्षिण कोरियाका नेपालीहरूलाई अक्टोबर ५ आइतबार  दसैं मनाउन भ्याई नभ्याई थियो । राजधानी सउलदेखि ख्वाङ्गजु, हुँदै किमे क्षेत्रका नेपालीहरूलाई दसैँ मनाउन भ्याई नभ्याई  भएको हो ।

कोरियामा कडा कामको चटारोलाई छाडेर टिका थाप्ने र शुभकामना आधाप्रधान नगर्ने नेपालीहरू कमै थिए । नेपालीहरूले निधारमा रातो टीका लगाएर हिड्दा कोरियन लगायतका बिदेशिहरु अनैाठो मान्दै हेरिरहेका देखिन्थे ।

कोरियनले नेपालीलाई उनकै भाषामा सोध्दै थिए किन यस्तो रातो टिका निधारमा लगाएको  ?” अर्का तिर भने केही कोरियन नागरिकहरू   नेपालीको दसैमा सामिल हुँदै टीका थापिरहेको पनि भेटियो ।

यसरी कोरियामा रहेका नेपालीहरूले  विभिन्न ठाउँमा २०७१ सालको बडा दसैं धुमधामसँग मनाएका छन् ।

फेन्थेक

सधैँ झैँ यस पटपनि दसैँ फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र (माईग्रेन सेन्टर) नेपाली समुदायले नेपालीहरूको उल्लेखनीय सहभागिता गराई दसैं मनाएको छ । विजय दशमीको शुभकामना आधान प्रधान र टीका ग्रहण सँगै  नेपाली परिकारका खानाको प्रबन्ध गरिएको उक्त कार्यक्रममा स्थानीय कलाकारहरूले आफ्नो कला प्रस्तुत गरेर थप रैानकता दिलाएका थिए ।

करिब तिन सयको सङ्ख्या उपस्थित  रहेका नेपालीहरूलाई सबैकुराको प्रबन्ध सेन्टरले गरेको थियो । कार्यक्रमका  विशेष अतिथिहरु  एन आर एन एसिया पेसेफिक स‌‌‌योजक गंगाराज राई ,एन आर एन कोरिया आई सि सि प्रतिनिधि के पि सिटैाला, नेपाली संपर्ग समितिका अध्क्ष्य लोचन राई र समाज सेबि सन्तोष श्रेष्ठले  संयुक्त रूपमा पनशमा बत्ती बाली  दसैको टीका र जमरा लगाई दिएका थिए ।

 उक्त  कार्यक्रममा नेपालीहरू सँगै दर्जन बढी कोरियन नागरिकहरूले पनि  टीका ग्रहण गरेका थिए । कार्यक्रममा कोरियाका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, पत्रकार, विद्यार्थी प्रध्यापक तथा बुद्धिजीवीहरूको उपस्थिति थियो  ।

सउल

उता राजधानी सउलमा पनि नेपालीहरूले वडा दसैं हर्षउल्लास पूर्ण तरिकाले मनाएका छन् ।

नेपाली दूतावास र  एन आर एन कोरियाले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि  राजदूत कमानसिह लामा रहेका थिए । राजदूत कमानसिंह लामाले दसैँ हिन्दुहरूको मात्र नभई सम्पूर्ण नेपालीहरूको साझा पर्व भएको बताए ।

सुवन

कोरियाको अर्को सहर सुवनमा पनि नेपालीहरूले दसैँ धुमधाम साथ मनाएका छन् । इपीएस युथ नेपाल दक्षिण कोरियाले आयोजना गरेको “दसैँ रमाइलो रमझम र डान्स पार्टी ” कार्यक्रममा सुवन स्थित हिमालयन स्टोरी रेस्टुरेन्ट एण्ड क्याफेमा सम्पन्न भएको हो ।

नेपाली सस्कृतिको पहिचान र जगेर्ना गर्ने उदेश्यले आयोजित उक्त कार्यक्रममा नेपाली परम्परा अनुसार टीका जमरा ग्रहण गरेका छन् ।

किमे

यसैगरी कोरियाको अर्को सहरकिमेमा रहेका नेपालीहरूले पनि दसैँ मनाएका छन् । स्थानीय युवा समूहको पहलमा किमेमा दसैँ मनाईएको हो । जसको प्रतिनिधित्व रमेश उप्रेतीले गरेका थिए  । उक्त क्षेत्रमाकै ख्यङनाम छाङग्वोन सहरमा भने अक्टोबर १२ तारिख आइतबार दसैँ मनाउने भएका छन् ।

ख्वाङ्गजु 

ख्वाङ्गजुमा रहेका नेपालीहरूले पनि वडा दसैं धुमधामले मनाएका छन् । स्थानीय नेपाली समूहको आयोजनामा मनाईएको उक्त कार्यक्रममा नेपाली परम्परा अनुसार पूजा आरधना सहित दसैँ मनाईएको एन आर एन ख्वाङ्गजु क्षेत्रीय सदस्य  श्री खनालले बताए ।

नेपाली स्वाद सहितका परिकार र खाना खाई मनाईएको उक्त कार्यक्रममा नेपाली सैगै कोरियन र अन्य बिदेशिहरु पनि रमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment