+
+

हनुमानले पैसाको वर्षा गरेपछि…

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २२ गते २१:४०

hanumanबाँदरले के को वर्षा गर्ला ? रुखमा चढेको बाँदरले हल्लाएरै भएपनि रुखका पात, फल वा आफ्नै मल र जलको वर्षा गर्ल बढिमा । तर एउटा बाँदरले भने पैसाको वर्षा गरेको छ । भारतको सिमलास्थित एक मन्दिर परिसरमा बाँदरले १ सय भारुका नोटको वर्षा गरेको हो ।

सिमलाको कामना देवी इलाकामा त्यसबेला मानिसहरुको खुसीको सीमा रहेन जब एक बाँदरले १ सय रुपैयाँका नोटको वर्षा गर्न लाग्यो । वास्तवमा यो बाँदर कुनै लक्ष्मी भगवान थिएन, जसले पैसाको वर्षा गरोस् ।

विचरा त्यो अवोध जनावरले खानेकुरा सम्झी कतैबाट १ सय भारुको एक गड्डी उठाएर ल्याएछ । त्यो पोको खोलेर हेर्दा केहीपनि खाने वस्तु नभेटेपछि नोटहरु एक एक गर्दै थुत्दै फ्याक्दै गर्दा तल रहेका मानिसहरुलाई हनुमानले पैसाको वर्षा गरेझैँ लाग्यो ।

केही नोट फ्याँकेपछि उक्त बाँदर बाँकी नोटको पोको लिएर जंगलतर्फ लाग्यो र मानिसहरु हेरेको हेर्यै भए । मानिसहरु जमिनमा बाँदरले फ्याँकेका नोट टिप्न झुम्मिए ।

वास्तवमा त्यो बाँदरले स्थानीय एक निर्माणाधीन भवनमा विनोद नामका ठेकेदारले झोलामा राखेको पैसाको पोको चोरेर ल्याएको रहेछ । ती ठेकेदारले कामदारलाई ज्याला दिन भन्दै १० हजार भारु झोलामा राखेका रहेछन् । त्यो सबै बाँदरले उठाएर लगेपछि उनी निकै चिन्तामा परे । तर बाँदरले वर्षा गरेका नोट टिप्नेलाई भने मज्जै भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?