Comments Add Comment

अमेरिकामा पहिलो इबोला संक्रमितको मृत्यु

२३ असोज, काठमाडौं । अमेरिकामा इबोलाको पहिलो संक्रमित थोमस एरिक डन्कनको मृत्यु भएको छ । यो जनकारी टेक्सास अस्पतालका अधिकारीहरुले दिएका हुन् ।

duncan४२ वर्षीय डन्कनलाई पैत्रिक देश लाइबेरियामा इबोला भाइसल लागेको थियो । त्यसपछि उनको अमेरिकाको डलासस्थित अस्पतालमा उपचार भइरहेको थियो ।

इबोलाका कारण ३ हजार ८ सय ६५ जनाको मृत्यु भइसकेको छ । धेरै मृत्यु लाइबेरिया, सिएरा लियोन र गिनीमा भएको छ ।

डन्कनको मृत्युमा प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति बाराक ओबामाले धेरै गल्ती गर्ने समय नभएको बताए ।

विदेशमन्त्री जोन केरीले सबै देशले यो संक्रमणविरुद्ध लड्न सक्दो प्रयास गर्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment