 २४ असोज, काठमाडौं । संविधानसभामा पाँच जना सभासद् मनोनितलाई लिएर असन्तुष्ट  रहका संघीय समाजवादी पार्टीका उपाध्यक्ष मोहम्मद रिजवान अन्सारी अन्ततः पार्टीको काममा फर्किएका छन् ।
२४ असोज, काठमाडौं । संविधानसभामा पाँच जना सभासद् मनोनितलाई लिएर असन्तुष्ट  रहका संघीय समाजवादी पार्टीका उपाध्यक्ष मोहम्मद रिजवान अन्सारी अन्ततः पार्टीको काममा फर्किएका छन् ।
सभासद मनोनितको विषयमा अध्यक्ष अशोक राईसँग असन्तुष्टि जनाउदै अन्सारी निष्कृय रहदै आएका थिए ।
स्रोतका अनुसार अन्सारीले पार्टीमा अध्यक्ष आलोपालो हुने शर्त पनि राखेका थिए । सो शर्तमा पार्टी पदाधिकारी राजी भएपछि अन्सारी काममा फर्किएका हुन् । हाल उनी नियमित रुपमा पार्टी कार्यक्रम र अन्य गतिविधिमा सकृय हुन थालेको संघीय समाजवादी पार्टीले दावी गरेको छ ।
गत बुधबार पहिचान पक्षधर २२ दलद्वारा आयोजित विरोध कार्यक्रमबारे जानकारी दिन पार्टीद्वारा आयोजित कार्यकर्ता भेलामा समेत अन्सारी सहभागी थिए ।
दोस्रो संविधानसभा निर्वाचनमा सर्लाहीको क्षेत्रनम्बर २ र ४ मा उनी पराजित भएका थिए । अन्सारीलाई पार्टी पंक्तिभित्रै पनि मुस्लिम समुदायका सशक्त नेतृत्वका रुपमा लिइने गरिएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4