Comments Add Comment

तामाङ समाज यूएईद्वारा बाढीपीडितलाई सहयोग, विमला तामाङलाई सम्मान

tamang samaj-uae२५ असोज, काठमाडौ । तामाङ समाज यूएईले सुनकोशी बाढी पीडितलाई राहत रकम प्रदान गर्नुका साथै दक्षिण एशियाको इन्चोनमा सम्पन्न १७ औं एसियाडमा कास्य पदक विजेता मिमला तामाङ्लाई सम्मान गरेको छ ।

समाजले बाढीपीडितहरुका लागि संकलन गरेको २ लाख ११ हजार १ सय ११ रुपैया राजधानीमा शनिवार भएको एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको हो ।

यस्तै, एसियाडमा पदक विजेता विमलालाई समाजले ५१ हजार एक सय ११ रुपैंयाा नगदसहित सम्मान गरेको छ ।

यसैगरी समाजले सिन्धुपाल्चोकको गोल्चेमा रहेको घ्यूलदेबी निमाविको लागि एक लाख ११ हजार १ सय ११ रुपैंया सहयोग प्रदान गरेको छ ।

बाढीपीडितको राहत, विद्यालयको अनुदान तथा खेलाडी विमलाको सम्मान खेलकूदमन्त्री पुरुषोत्तम पौडेल, सभासदहरु अग्नी सापकोटा, मोहन बस्नेत, पर्शुराम तामाङ्, बहादुर सिंह लामा र बालबालिका मन्त्रालयका सचिव धनबहादुर तामाङ्ले संयुक्त रुपमा प्रदान गरेका थिए ।

समाजका उपाध्यक्ष सुपि्रम तामाङको सभापतित्वमा भएको कार्यक्रममा खेलकुद मन्त्री पौडेलले विमला तामाङले मुलुककै ईज्जत बढाएकोले उनलाई राज्यले पनि सम्मान गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment