+
+

पैसा लिएपनि सुनकोसीको ताल खुलाउने काम रोक्यो सेनाले

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २९ गते ६:१०
फाइल तस्वीर
फाइल तस्वीर

२९ असोज, सिन्धुपाल्चोक । सुनकोसी ताल खुलाउन र वैकल्पिक सडक निर्माण गर्न नेपाली सेनाले सरकारबाट साढे तीन करोड रुपैयाँ लिइसकेको छ । वैकल्पिक बाटो निर्माण गरिए पनि ताल खुलाउने काम भने सेनाले एक महिनादेखि रोकेको छ ।

२१ भदौमा आएको बाढीले ताल केही फुटाएको थियो । त्यसको भोलिपल्टदेखि सेनाले काम थालेको हो । सेनाले निर्माण गरेको कोदारी राजमार्गको ११ किलोमिटर लामो वैकल्पिक मार्ग भने १३ असोजदेखि सञ्चालनमा आएको नयाँ पत्रिकामा खबर छ ।

ताल खुलाउन वैकल्पिक बाटो बनाउन सेनाले मागेअनुसार उपकरण, जनशक्ति, विस्फोटक पदार्थ, स्काभेटरको खर्च लगायतका शीर्षकमा सरकारले तीन करोड ४७ लाख रुपैयाँ दिएको थियो । सेनाले सुरुदेखि नै ताल खुलाउन र बाटो बनाउन बेग्लाबेग्लै जनशक्ति परिचालन गरेको थियो । २२ भदौदेखि ताल खुलाउने काम रोकिएको छ । सरकारले पनि त्यसमा चासो देखाएको छैन् । सेनाले पनि ताल घटाउने काम रोकिएको पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?