Comments Add Comment

पत्नी र छोरासहित गृहमन्त्री गौतम बेइजिङ प्रस्थान

२९ असोज, काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतम चीन सरकारको निमन्त्रणमा साताव्यापी भ्रमणका क्रममा बुधबार सुटुक्क बेइजिङ प्रस्थान गरेका छन् ।

फाइल फोटो
फाइल फोटो

श्रीमती, छोरा र गृहमन्त्रालय सम्वद्ध उच्च अधिकारीसहितको टोली लिएर बेइजिङ उडेका गौतमले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई समेत भेट्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

चीनको आन्तरिक सुरक्षा मामिलासम्बन्धी मन्त्रीको निमन्त्रणामा गौतमको यो शिष्टाचार भ्रमण रहेको गृहमन्त्रीका प्रेस संयोजक विश्वमणि सुवेदीले अनलानखबरलाई जानकारी दिए ।

भ्रमणका क्रममा दुई देशबीचको सुरक्षा चासो र द्वीपक्षीय हितका विषयमा मात्र कुराकानी हुने र कुनै सम्झौताहरु नहुने गौतमलाई उधृत गर्दै सुवेदीले बताए ।

गौतमको चीन भ्रमण टोलीमा श्रीमती तुलसा थापा र छोरा हरिशदेव गौतम पनि सामेल छन् । हरिशले चीनमै उच्च शिक्षा अध्ययन गरेका हुन् ।
भ्रमण टोलीमा गृहमन्त्रालयका कानुन सहसचिव धनराज ज्ञवाली, नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक एकजना डीआइजीसहित मन्त्रालयका अधिकारीहरु पनि सामेल छन् ।

गौतमले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग पनि भेटवार्ता गर्नेछन् । गृहमन्त्री गौतम कात्तिक ४ गते स्वदेश फर्किने जानकारी उनको निजी सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment