+
+

प्रमुख तीन दल दिल्ली दरवारवाट सञ्चालित : बैद्य

३० असोज, दाङ । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले प्रमुख तीन दल दिल्ली दरवारवाट सञ्चालित भएको आरोप लगाएका छन् ।

छलफल चौतारी दाङ्गले बिहीबार घोराहीमा गरेको साक्षात्कारमा अध्यक्ष किरणले कांग्रेस, एमाले र एमाओवादीमा कुनै फरक नभएको टिप्पणी गरे ।

संविधान निर्माण र देश विकासमा सहमतिको विकल्प नभएको भन्दै माओवादी अध्यक्ष बैद्यले जवरजस्ती पेलेर लग्न खोजे द्वन्द्वको विजारोपण हुने चेतावनी दिए । सत्ता र वहुमतको आडमा कांग्रेस-एमाले अघि बढ्न खोजे उनीहरुकै लागि घातक हुने उनको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ३० गते १८:०३

Mohan-baidhya

निमुसंगम घर्ती

३० असोज, दाङ । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले प्रमुख तीन दल दिल्ली दरवारवाट सञ्चालित भएको आरोप लगाएका छन् ।

छलफल चौतारी दाङ्गले बिहीबार घोराहीमा गरेको साक्षात्कारमा अध्यक्ष किरणले कांग्रेस, एमाले र एमाओवादीमा कुनै फरक नभएको टिप्पणी गरे ।

संविधान निर्माण र देश विकासमा सहमतिको विकल्प नभएको भन्दै माओवादी अध्यक्ष बैद्यले जवरजस्ती पेलेर लग्न खोजे द्वन्द्वको विजारोपण हुने चेतावनी दिए । सत्ता र वहुमतको आडमा कांग्रेस-एमाले अघि बढ्न खोजे उनीहरुकै लागि घातक हुने उनको भनाइ छ ।

उनले नयाँ संविधान र राजनितिक निकासका लागि गोलमेच राजनितिक सम्मेलन बाहेक अन्य कुनै विधि आफुहरुलाई मान्य नहुने बताए ।

शक्ति नहुँदा पछुतो

माओवादी अध्यक्ष बैद्यले आफ्नो पार्टी कमजोर भएको स्वीकार समेत गरेका छ ।

फुटपछि माओवादी कमजोर बनेको र अन्य पार्टीहरुले नटेरेको भन्दै उनले भने-‘पार्टी नफुट्नु थियो तर फुटेर हामी कमजोर भएको महसुस भएको छ । राजनिति राम्रो भए पनि शक्ति नहुँदा पछुतो लागेको छ ।’

माओवादी अध्यक्ष बैद्यले पार्टी फुटनुले एमाओवादी र आफुहरु दुबैलाई घाटा लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?