Comments Add Comment

वेष्टइण्डिज क्रिकेट टिमको भारत भ्रमण रद्द

३१ असोज, काठमाडौं । धर्मशालामा भएको एकदिवसीय खेलपछि वेष्टइण्डिज क्रिकेट टिम भारतमा हुने बाँकी खेल छाडेर फर्किने भएको छ ।

वेष्टइण्डिज क्रिकेट बोर्ड र खेलाडीहरुको पैसा विवादपछि यो निर्णय आएको हो । बाँकी खेल रद्द गरेर वेष्टइण्डिज टोली फर्किएको भारतीय क्रिकेट बोर्डले जनाएको छ ।

कोच्चीमा भएको पहिलो एकदिवसीय अघि पनि वेष्टइण्डिज टीमले खेल्न नचाहेको खबर आएको थियो ।

वेष्टइण्डिजले पाँच एकदिवसीय श्रृखला, एक टी-२० र तीन म्याचको टेष्ट श्रृखला खेल्न भारत आएको थियो । तर, दुई एकदिवसीय मात्र भयो भने विशाखापट्टनममा हुो खेल हुदहुद आँधीका कारण स्थगित भएको थियो ।

शुक्रबार धर्मशालामा चौथो एकदिवसीय हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment