Comments Add Comment

बाढी पहिरो पीडितलाई बेल्जियम, फ्रान्स र जापानमा कार्यरत नेपालीको सहयोग

२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बेल्जियम, फ्रान्स र जापानमा कार्यरत नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार विहान भएको एक कार्यक्रममा बेल्जियम, फ्रान्स र जापानमा कार्यरत नेपालीहरुका प्रतिनिधिहरुले आर्थिक सहयोग गरेका हुन् ।

कार्यक्रमका जनसम्पर्क समिति बेल्जियमका कार्यसमिति सदस्य भीम जोशी र गैरआवासीय नेपाली संघको आइसीसी सदस्य जानकी गुरुङ्गले ४ लाख १२ हजार रुपैयाँको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका हुन् ।

त्यसै फ्रान्समा बस्ने नेपालीहरुको तर्फबाट बाढी-पहिरो पीडितहरुलाई सहयोग गर्न जुटाइएको २ लाख ३५ हजार रुपैयाँको चेक भरत रानाले प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरे ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अन्तराष्ट्रिय नेपाली समाज जापान र नेपाली ग्रुपले पनि सहयोग गरेको छ । आइतबार विहान बालुवाटारमा आयोजित कार्यक्रममा समाजका महासचिव पुस्कर थापा र सदस्यद्वय विष्णुराज केसी र हरि सिंखडाले १ लाख ३० हजार रुपैयाको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका हुन् ।

दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रदान गरिएको सहयोग रकम बुझ्दै प्रधानमन्त्री कोइरालाले दुःखमा परेकाहरुलाई सघाउने असल संस्कृति नेपालीमा कायम रहेकोमा सन्तुष्टि प्रकट गरे । उनले भने, ‘विदेशमा बडो दुःख गरेर कमाउनु भएका साथीहरुले राष्ट्रमा विपत्ति आएकोबेला जसरी सघाउनु भएको छ, म उहाँहरुप्रति आभारी छु र सबैलाई धन्यवाद दिन चाहान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment