+
+

अमेरिकामा रहेका पाँच नेपालीले गरे रक्तदान

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १० गते ९:०२

Newa dabu 1कोलोराडो । अमेरिकामा रहेका पाँच नेपालीले रक्तदान गरेका छन् । नेवाः दवु कोलोराडोको आयोजनामा शुक्रबार कोलोराडोको बोल्डरस्थित रक्त संचार केन्द्रमा सम्पन्न रक्तदान कार्यक्रममा २ महिला ३ पुरुष गरि ५ जनाले रक्तदान गरेका हुन् ।

रक्तदान गर्न ईच्छुक १५ जना भन्दा बढि भए पनि भर्खर परिवर्तन भएको नियममा ३ वर्ष अमेरीका वाहिर नगएको हुनुपर्ने नियमले गर्दा ५ जना मात्र रक्तदान गर्न योग्य ठहरिएका थिए ।

अमेरीकी नियम अनुसार रक्तदान गर्न अमेरीकामा बस्न थालेको ३ बर्ष हुनुपर्ने तथा सो समयमा देश नछोडेको हुनुपर्ने कारण रक्तदान गर्न नपाएको नेवाः दवुका भुषण श्रेष्ठले बताए ।

रक्तदान जीवनदान भन्ने मान्यतालाई मनन् गर्दै यसरी रक्तदान गर्नेहरुमा दिनेश श्रेष्ठ, रमीता तुलाधर, सुनु श्रेष्ठ, रबि जोसी र राजु गुरुङ रहेका छन् । रक्त संचार केन्द्रमा चार सय ८० पटक ६० ग्यालेन शरिरमा रहेको प्लेटलेट दान गरेका कोलोराडो निवासी भर्जिल ओसनको फोटो सझाएर राखिएको थियो । सामान्य अवस्थामा ६ हप्तापछि पुनः रगत दिन सकिने भएपनि प्लेटलेट हरेक दुई सातापछि दिन मिल्ने रक्त संचार केन्द्रका कर्मचारीहरुले बताए ।

नेपाल संम्बत ११३५ को उपलक्ष्यमा अमेरिकाको कोलोराडोमा रहेका नेवारी समुदायले रक्तदान कार्यक्रमको आयोजना गरि एक आपसमा शुभकामना आदान प्रदान समेत गरेका थिए ।

–नातिबाबु भट्टबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?