+
+

२० किलो चाँदीसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ११ गते ११:१६

११ कात्तिक, रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले २० किलो चाँदीसहित एक जनालाई सोमबार  पक्राउ गरेको छ ।
सदरमुकाम गौरस्थित कबिरचौकबाट सो परिमाणको चाँदीसहित गरुडाबैरिया-६ का १६ वर्षीय राजन झालाई पक्राउ गरिएको प्रहरी निरीक्षक रामप्रकाश चौधरीले जानकारी दिए ।
काठमाडाैंबाट ल्याइएको चाँदी तस्करीको माध्यमले भारततर्फ लैजान लागेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले झाको झोला खानतलासी गर्दा उक्त चाँदी बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको चाँदी तथा अभियुक्तलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाउने तयारी भइरहेको छ । बरामद चाँदीको बजार मूल्य २० लाख रुपैयाँभन्दा बढी पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?