+
+

नक्सालमा ‘दी होम स्टुडियो’, विदेशी ब्रान्डका घरायसी सामाग्री पाइने

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ११ गते १७:४६

The-Home-Studio

११ कात्तिक, काठमाडौं । निली इन्टरनेशनलले राजधानीको नक्साल भगवती बहालस्थित निर्धन भवनमा शो-रुम सञ्चालनमा ल्याएको छ । ‘दी होम स्टुडियो’ नामक उक्त शो-रुमको मंगलबार बेगानी समुहका अध्यक्ष कमल बेगानीले एक कार्यक्रमबीच समुद्घाटन गरे ।

निली इन्टरनेशनल बेगानी समुहको भगिनी संस्था हो । शो-रुममा अन्तराष्ट्रिय स्तरका विभिन्न ब्राण्डका घरभित्रका लागी आवश्यक लेमिनेट, म्याट्रेस, बेड, वालपेपर, कार्पेट आदि बिक्री वितरण गरिनेछ । यो शो-रुम कम्पनीको पहिलो हो ।

शो-रुममा अमेरिकाको बहुचर्चित पेप्स ब्राण्डका म्याट्रेस, जर्मनीको क्रानो ओरिजनल ब्राण्डको उड्न लेमीनेट फ्लोरिङ्ग, जर्मनीको लीनारी ब्राण्डको होम फ्रयाग्नेन्स, फ्रान्सको कासाडेको ब्राण्डको वाल पेपर तथा युरोपमा निर्यात हुने नेपाली कार्पेट पाइने बताइएको छ ।

यी सम्पूर्ण ब्राण्डका सामानहरु नीली ईन्टरनेशनलले नेपालभरि होलसेल मुल्यमा बिक्री वितरण गर्ने जनाएको छ ।

The-Home-Studio--3

शो-रुममा पेप्स म्याट्रेसको न्यूनतम मुल्य १८ हजार रुपैयाँ, क्रोनो आरिजीनल लेमिनेटको प्रतिस्क्वायर फिट न्यूनतम मूल्य ९० रुपैयाँ, कासाडेको वालपेपरको प्रतिस्क्वायर फिट न्यूनतम मूल्य ३० रुपैयाँ, लीनारी होम फ्रयाग्नेन्स प्रतिओटा न्यूनतम मूल्य ९ हजार रुपैयाँ र नेपाली कार्पेटको प्रतिस्क्वायर फिट न्यूनतम मूल्य १५ सय रुपैयाँ मूल्य तोकिएको छ ।

उद्घाटनको अवसरमा कम्पनीले विभिन्न सामानमा ५ देखि १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको जनाएको छ ।

शो-रुम स्थापनाको मुख्य लक्ष्य विश्व बजारमा आएको नयाँ-नयाँ उत्पादन, नयाँ-नयाँ डिजाइन र शैलीलाई नेपाली उपभोक्तामाझ ल्याईपुर्‍याउने रहेको बेगानी समुहका कार्यकारी अधिकृत अमित बेगानीले बताए ।

कम्पनीले निकट भविष्यमा मुलुकका विभिन्न सहरहरुमा यस्तो शो-रुम खोल्ने जनाएको छ । सो अवसरमा बेगानी समुहका निर्देशक तथा गणपती ज्वेलर्स र नवरत्न ज्वेलर्सका प्रबन्ध निर्देशक शक्तिकुमार बेगानीको समेत उपस्थीती रहेको थियो ।

The-Home-Studio-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?