+
+

एक महिनामा रुपन्देहीमा १६ ले आत्महत्या गरे

१२ कात्तिक, भैरहवा । दसैं र तिहारको अवधिमा विभिन्न कारणबाट रुपन्देहीमा ३४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा एकै महिनामा १६ जनाले आत्महत्या गरेका छन् ।
विष सेवन, आत्महत्या, सवारी दुर्घटनालगायत विभिन्न कारणले ३४ जनाले ज्यान गुमाएकोे जिप्रका रुपन्देहीका डीएसपी रमेशकुमार पोखरेलले जानकारी दिए ।
विशेष गरी मधेसी सामुदायका महिलामा दाइजो र पुरुषमा कुण्ठाका कारण आत्महत्याको संख्या बढेको रुपन्देही प्रहरीका प्रवक्ता पोखरेलले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १२ गते ११:०४

सलमान खान
१२ कात्तिक, भैरहवा । दसैं र तिहारको अवधिमा विभिन्न कारणबाट रुपन्देहीमा ३४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा एकै महिनामा १६ जनाले आत्महत्या गरेका छन् ।
विष सेवन, आत्महत्या, सवारी दुर्घटनालगायत विभिन्न कारणले ३४ जनाले ज्यान गुमाएकोे जिप्रका रुपन्देहीका डीएसपी रमेशकुमार पोखरेलले जानकारी दिए ।
विशेष गरी मधेसी सामुदायका महिलामा दाइजो र पुरुषमा कुण्ठाका कारण आत्महत्याको संख्या बढेको रुपन्देही प्रहरीका प्रवक्ता पोखरेलले बताए ।
चाडपर्वको यस अवधिमा १९ पुरुष, १३ महिला र ३ जना बालकको मृत्यु भएको बताए । यो तथ्याङ असोज १ गते देखि कार्तिक १० गते सम्मको हो ।
एक महिनामा ज्यान गुमाउने ३४ मध्ये १६ जनाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विष सेवनबाट ९ जना, भवितव्य ज्यानबाट १२ जना, झुण्डिएर ७ जना र कर्तव्य ज्यानबाट २ जनाको मृत्यु भएको छ । मृत्युको कारण नखुलेका तीनजना छन् । सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ ।
मुलुकमा सवारी दुर्घटनबाट बढी नागरिकले ज्यान गुमाए पनि रुपन्देही प्रहरीको विशेष सुरक्षा योजनाअन्र्तगत बढी स्थानमा सवारी चेकजाँच भएको डीएसपी पाखेरेलको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?