Comments Add Comment

डिभिजन थ्रीको उपाधि नेपाल फर्काउँछौं : पारस

Paras-khadka

सुरेश भुसाल/राजकुमार श्रेष्ठ 

१२ कात्तिक, क्वाललाम्पुर । नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको उपाधि लिएर नेपाल फर्कने विश्वास व्यक्त गरेका छन् ।

बुधबार वर्षाका कारण प्रभावित डिभिजन थ्रीको खेलमा डक वर्थ लुइस मेथडका आधारमा मलेसियालाई पराजित गर्दै नेपालले डिभिजन टूमा स्थान बनाएको छ भने युगाण्डासँगको उपाधि भिडन्त पक्का गरेको छ ।

खेलपछि अनलाइनखबरसँग कुरा गर्दै कप्तान पारसले भने-‘ नेपाल डिभिजन २ मा उक्लीएकोमा खुसी लागेको छ । हामी फेरि माथिल्लो स्तरमा पुगेका छौं ।’

लगातार चार दिनदेखि क्रिकेट खेलिरहेको नेपाली टीमका कप्तान पारसले फाइनलमा पनि राम्रो खेल्ने बताए ।
अहिलेसम्म टीम वर्ककै कारण नेपालले सफलता पाएको भन्दै उनले भनेका छन्-‘अवको हाम्रो लक्ष्य भनेको यो डिभिजन थ्री जित्ने हो । जसरी हुन्छ यो उपाधि नेपाल फर्काउने कोसिस गर्ने छौं ।’

डिभिजन २ को लागि करिव २ महिना समय रहेको र त्यसबीचमा नेपालले श्रीलंकामा क्रिकेट खेल्ने भन्दै उनले भनेका छ-‘डिभिजन २ मा अहिलेको भन्दा राम्रो टिमहरु छन्, त्यही अनुसार तयारी गर्ने छौं । हामीले वलिड र ब्याटिड दबैलाई राम्रो बनाउनु पर्ने छ ।’

प्रशिक्षक पुवुदु दशानायकले टीम वर्कका कारण नेपालको जित सम्भव भएको बताए । उनले भनेका छन्-‘डिभिजन टु मा उक्लिने कुरामा म पहिलेदेखि नै विश्वस्त थिएँ । नेपाली खेलाडीहरुमा टिम वर्क राम्रो छ । त्यसैले यस्तो नतिजा आयो ।’

आफ्ना लागि मेरो लागि यो सफलताको सुरुवात भएको उनले बताए । उनले भने-‘हामीले आगामी नौं महिनामा धेरै गर्नु छ । टी २० क्वालिफयरमा पनि भाग लिनु पर्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment