+
+

भरतमोहनको पार्टीमा सभासदको गीत

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १२ गते १६:३७

Bharat-mohan-patry

१२ कात्तिक, काठमाडौं । नेकपा एमाले नेता भरतमोहन अधिकारीले दसैं, तिहार र छठ लगायतका पर्वको अवसरमा आफन्तहरुलाई व्यक्तिगत तर्फबाट पार्टी दिएका छन् । नयाँ बानेश्वरको अनमोल क्याटरिङमा बुधबार आयोजित पार्टीमा सभासद मधु गुरुङले स्टेजमा उत्रेर गीत गाइन् ।

‘प्रत्येक वर्ष दसैं तिहारको अवसरमा कलंकीस्थित आफ्नै डेरामा पार्टी दिने गरेको थिएँ, पूर्वअर्थमन्त्री अधिकारीले भने, ‘यसपालि अलि धेरै साथी हुने भएकाले यहाँ चियापान कार्यक्रम आयोजना गरेको हुँ ।’

चियापान मित्रजनसँगको परिचयलाई नवीकरण गर्नका लागि आयोजना गरिएको र मोरङबाट काठमाडौंमा आई बसोबास गर्नेहरुलाई निम्त्याइएको अधिकारीले बताए ।

सभासदसमेत रहेका अधिकारीले आयोजना गरेको चियापानमा सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल पनि उपस्थित थिए । अधिकारीको पार्टीमा उद्योगी, व्यापारी, कर्मचारीका साथै एमालेका नेता कार्यकर्ता उपस्थित थिए ।

पार्टीमा बालवालिकाले नृत्य प्रदर्शन गरेका थिए भने सभासद मधु गुरुङले स्टेज गीत गाएकी थिइन् । एमाले सभासद गुरुङ जनसांस्कृतिक मञ्चकी उपाध्यक्षसमेत हुन् ।

‘नेकपा एमाले जनताको पार्टी हो’ भन्ने बोलको चुनावी गीत गाएकी सभासद गुरुङले सहभागीलाई ताली पड्काउन र नाच्न अनुरोध गरिन् । तर, चिया र खाजा खान व्यस्त रहेका सहभागीहरु सभासदको गीतमा नाचेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?