+
+

नेपालमा पहिलोपटक साना किसान सम्मेलन सुरू

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १६ गते १०:५८

१६ कात्तिक  काठमाडौं । आजदेख  राजधानीको याक एन्ड यती होटलमा ‘साना किसान सम्मेलन २०७१’ शुरू भएको छ ।नेपालको इतिहासमै पहिलो पटक आयोजना गरिएको यो सम्मेलन सोमबारसम्म चल्ने छ ।

 नेपालमा साना किसान विकास कार्यक्रम सञ्चालन भएको करीब ४ दशक भइसके पनि यस्तो सम्मेलन पहिलो पटक हुन लागेको हो ।

साना किसानहरूको वास्तविक समस्या पहिचान गरी तीनको समाधान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको सम्मेलन मूल आयोजक समितिका अध्यक्ष श्रीकृष्ण उपाध्यायले जानकारी दिए ।

गरिबी न्यूनिकरणका लागि ग्रामिणस्तरमा सवल संस्थाको निर्माण मूल नारा रहेको उक्त सम्मेलनमा ७ सय ५० जना साना किसान रहने उपाध्यायले बताए । उनका अनुसार सम्मेलनमा साना किसान आफैले आफ्नो वास्तविक अवस्था, समस्या र चुनौतिलगायत विषयमा कुरा राख्ने अवसर पाउनेछन ।

 सम्मेलनमा साना किसान विकास अभिायानको ४० वर्षे यात्राको उपलब्धी, चुनौति, संभावना र भावी दिशाका बारेमा व्यापक छलफल गरिने छ ।

 सम्मेलनमा लघुवित्तसँग सम्बन्धीत १४ वटा विषयमा २४ वटा कार्यपत्र प्रस्तुत गरिने छ । साथै, सम्मेलनमा बिभिन्न निकायका अनुभवी अभ्यासकर्ता, अन्वेषकरअनुसन्धानकर्ता, योजनाविद, प्राज्ञ, विद्यार्थी र लघुवित्तका विज्ञहरुद्वारा   छुट्टाछुट्टै विषयमा कार्यपत्रहरु प्रस्तुत हुने आयोजकले जानकरी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?