१६ कात्तिक, काठमाडौं । आइसा विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार दक्षिण कोरियाको सिओल जाने भएका छन् ।
नेपाली टोलीमा रामबहादुर तामाङ र प्रशिक्षकमा मोहनकुमार कार्की छन् ।
नोभेम्बर ४ देखि ८ तारिखसम्म हुने प्रतियोगितामा प्रतियोगितामा यादव कुँवर पनि सहभागी हुनेछन् । यादव कोरियामै रहेकाले त्यत्तैबाट प्रतियोगितामा सहभागी हुने नेपाल पारा तेक्वान्दो संघले जनाएको छ ।
यादवले स्विट्जरल्यान्डमा भएको चौथो विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य तथा रसियामा भएको पाँचौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत जितेका थिए ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव युवराज लामा, सदस्य सुरेन्द्र हमाल, नेपाल पारा तेक्वान्दो संघका अध्यक्ष जनार्जन ढुंगेल, महासचिव दीपक विष्टलगायतले बिदाइ गरेका छन् ।
प्रतिक्रिया 4