Comments Add Comment

सुन ५० हजार तल झरेर किनबेच, चाँदी स्थिर

Gold१७ कात्तिक, काठमाडौं । सोमबार सुन तोलामा दुई सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ ४९ हजार ८ सय रुपैयाँ तोकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन ओरालो लाग्ने क्रम जारी रहेपछि स्थानिय बजारमा प्रभाव परेको हो । पछिल्लो केही हप्तादेखि स्थानिय बजारमा सुनको भाउ ओरालो लागिरहेको छ ।

आइतबार सुन तोलामा ५ सय रुपैयाँ घटेर ५० हजार रुपैयाँमा किनबेच भएको थियो । महासंघका अनुसार गत हप्ताभर सुनको भाउ तोलामा १५ सय रुपैयाँ घटेको थियो ।

निरन्तर ओरालो लागेको चाँदीको भाउ भने सोमबार स्थिर रहेको छ । महासंघका अनुसार सोमबार चाँदी तोलाको ६ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment