Comments Add Comment

राहत कोषमा मकाउमा कार्यरत नेपालीको सहयोग

Makau-ka-nepali-withPM
राहत रकम हस्तान्तरण गर्दै मकाउमा कार्यरत नेपालीका प्रतिनिधि । तस्वीर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

१८ कात्तिक, काठमाडौं । गैर आवासीय नेपाली संघ मकाउले प्रधानमन्त्री राहत कोषमा २ लाख २० हजार २ सय रुपैयाँ सहयोग गरेको छ ।

मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ मकाउका अध्यक्ष सुदर्शन थापा मगरले प्रधानमन्त्री सुशील कोइरालालाई रकम हस्तान्तरण गरेका हुन् ।

चेकमार्फत् सहयोग रकम ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले मुलुकमा विपत्ति आउदा स्वदेश र विदेशमा रहेका नेपालीहरुले गच्छे अनुसार सहयोग गरेर राम्रो उदाहरण प्रस्तुत गरेको बताए ।

सहयोग रकम दुरुपयोग हुन नदिने र वास्तविक बाढी पहिरो पीडितहरु समक्ष पुर्‍याउने कोइरालाले प्रतिबद्धता जनाए । अघिल्ला बर्ष राहत दुरुपयोग भए पनि यसपटक दुरुपयोग नभएको उनले दावी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment