+
+
Shares

संखुवासभामा गुञ्जियो ‘वारि जमुना, पारि जमुना’

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १९ गते १०:११

khem-gurung-Sankhuwasavaसंखुवासभा । गायक खेमराज गुरुङले आफ्नो गृह जिल्ला संखुवासभाको खाँदवारीमा आयोजना गरिएको एक साँस्कृतिक कार्यक्रममा दर्शकहरुलाई नचाएका छन् ।

गायक गुरुङ गृह जिल्ला पुगेको बेला मंगलबार स्थानिय कोटगाउँ टोल विकास संस्थाले आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रममा उनले आफ्ना थुप्रै चर्चित गीत गाए ।

मारुनी गीत ‘वारि जमुना पारि जमुना’ सहित ‘आलु तामाले’, ‘धेरै पछि पुर्व घुम्न आको’, ‘लैबरी लै’ लगायत झण्डै आधा दर्जन गीत गाईसक्दा पनि दर्शक माझमा ‘वान्स मोर’ को हल्ला आई रहृयो ।

गायक गुरुङसहित गीतकार तथा गायक कुमार बिवाहितले पनि ‘मन छैन साईली’ बोलको गीत गाएर दर्शकलाई नाच्न बाध्य बनाए । स्थानिय कलाकारहरु उमंग लामा, अपन श्रेष्ठ, ध्रुव डिवान लगायतका गायकले पनि गीत प्रस्तुत गरेका थिए ।

बिभिन्न कार्यालय तथा संघ संस्थाको प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको सो कार्यक्रम राती दश बजेसम्म सञ्चालन भएको थियो ।

-ध्यान कुलुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?