+
+
Shares

सरकारलाई एमाले सांसदको प्रश्न– सिंहदरबारको खरानीमा घुँडा टेकेको हो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १६:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले सांसद एशुदाकुमारी बरालले प्रतिनिधि सभामा बढ्दो महंगी र खाना पकाउने ग्यास अभाव नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाइन् ।
  • उनले सरकारलाई ‘बालेन्द्र सरकारले जनतालाई भोकै मार्न थालेको हो ?’ भन्दै ग्यास र दैनिक उपभोग्य वस्तुको आपूर्तिमा जवाफदेही हुन आग्रह गरिन् ।
  • बरालले विगतमा नैतिकताको कुरा गर्ने सरकारले जनताको आधारभूत आवश्यकता समेत सम्बोधन गर्न नसकेको भन्दै स्पष्ट जवाफ दिन माग गरिन् ।

१ असोज, काठमाडौं । नेकपा (एमाले)की सांसद एशुदाकुमारी बरालले बढ्दो महंगी नियन्त्रण तथा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन पहल गर्न नसकेको भन्दै सरकारको आलोचना गरेकी छिन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले ‘बालेन्द्र सरकारले जनतालाई भोकै मार्न थालेको हो ?’ भन्दै प्रश्न समेत गरिन् ।

ग्यास अभाव र दैनिक उपभोग्य वस्तु महँगिदा समेत सरकार जवाफदेही हुन नसकेको आरोप पनि उनले लगाइन् । उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै विगतमा नैतिकताको कुरा गर्ने सरकारले अहिले जनताको आधारभूत आवश्यकतासमेत सम्बोधन गर्न नसकेको आरोप पनि लगाइन् ।

‘सरकारलाई ध्यान छ कि छैन, जनता भोकमरीमा पर्न थाले । हिटलरले ग्यास चेम्बरमा मान्छे हालेर मारेको थियो । के बालेन्द्र सरकारले जनतालाई भोकै मार्न थालेको हो ? निरंकुशता शैली हो ? मान्छेहरू ग्यास नपाएर भोकै छन्, किन ग्यास छैन, किन महंगी भयो भन्ने कुरामा सरकार किन जवाफदेही हुँदैन,’ उनले भनिन्, ‘यो कुरा सरकारले कहिले सुन्छ ? जेनजीको रगतमा टेकेर सिंहदरबारमा खरानीमा घुँडा टेकेको हो सरकारले ? हिजोको दिनमा नैतिकता कुरा गर्नुहुन्थ्यो यही हो नैतिकता ? यो विषयमा सरकारलाई स्पष्ट जवाफ दिनको लागि निर्देश गरिदिनको लागि माग गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?