News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले कार्यदलको प्रतिवेदन टुंगो लगाउन गठित सम्पादन समितिका नेताहरू अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न गुन्डु पुगेका छन्।
- महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनको खण्डनमा उपाध्यक्ष रामबहादुर थापाले छुट्टै प्रतिवेदन तयार पारेका छन्।
- दुई प्रतिवेदन र नेताहरूको अभिमत थपेर मस्यौदा तयार पार्ने जिम्मेवारी उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र महासचिव पोखरेल रहेको समितिलाई दिइएको छ।
३१ भदौ, काठमाडौं । नेकपा एमाले कार्यदलको प्रतिवेदन टुंगो लगाउन गठित सम्पादन समितिका नेताहरू पुगेका छन् ।
स्रोतका अनुसार, अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न नेताहरू गुन्डु पुगेका हुन् । महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनको खण्डनमा कार्यदलका संयोजक रहेका उपाध्यक्ष रामबहादुर थापाले छुट्टै प्रतिवेदन तयार पारेका छन् ।
अलग–अलग प्रतिवेदन तयार भएपछि कार्यदलले उपाध्यक्षहरू थापा र विष्णुप्रसाद पौडेल र महासचिव पोखरेल रहेको सम्पादन समिति बनाएको छ । यो समितिलाई दुई प्रतिवेदन र नेताहरुको अभिमत थपेर मस्यौदा तयार पार्ने जिम्मेवारी दिइएको छ ।
आजसम्म समय पाएका नेताहरू मस्यौदाबारे परामर्श लिन गुन्डु पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4